Sajhamanch Archive

खनाल–नेपालपक्षीय स्थायी कमिटी सदस्य छलफलमा

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी छ । नयाँबानेश्वरस्थित एक होटेलमा मध्याह्न १२ बजेपछि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

खनाल–नेपाल पक्षले बुधबार स्थायी कमिटी सदस्यहरुको भेला गरेको थियो । समसामयिक विषयमा छलफल र आगामी रणनीति तय गर्न नेताहरुले छलफल थालेका हुन् ।

खनाल–नेपाल पक्षमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र पदेन सदस्य अमृतकुमार बोहोरा छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि एमाले साविककै अवस्थामा फर्किएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *