Sajhamanch Archive

जसपाले सबै दलसँग उच्च तहमा संवाद गर्ने

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले वर्तमान राजनीतिक संकटका विषयमा सबै राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने भएको छ । आज बसेको जसपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको जसपाका संघीय परिषद् अध्यक्ष डा . बाबुराम भट्टराईले जानकारी दिए ।

“जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ,” बैठकको निर्णयबारे ट्विट गर्दै उनले भनेका छन् । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै हुने गरी फैसला सुनाएपछि दुवै समूहले जसपासँग संवाद गरिरहेका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि जसपाले छलफल गरिरहेको छ ।

आजको बैठकले पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न आउँदो चैत ५ गते कार्यकारिणी समितिको बैठक बस्ने निर्णय पनि गरेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *