Sajhamanch Archive

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक आज बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज सोमबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको हो ।

पुनः स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बसेको थियो । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक बसेको थिएन ।

सत्तारूढ दलभित्रको विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *