Sajhamanch Archive

माओवादीको केन्द्रीय समिति बैठक जारी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि जारी छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि बसेको छ । आजको बैठकमा कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको बैठकका कार्यसूची अनुसार पहिलो दिन प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ गरेका थिए ।

वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन, कार्यकर्ता भेला, सरकारलाई दिएको समर्थन फिर्ता, पार्टीको नाम परिवर्तन लगायतका विषयमा बैठकले ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *