झापामा पहिलो पटक एनिमेसन सेन्टर सञ्चालन
Published:
by .झापा । बिर्तामोडमा पहिलो पटक एनिमेसन सेन्टर संञ्चालनमा आएको छ । क्यामेराले खिच्न नसक्ने कुराहरु अब कम्प्युटरको माध्यमबाट स्क्रिनमा उतार्न सकिनेछ । कम्प्युटर एनिमेसनद्वारा भिडियो प्रोडक्सनको काम स्तरीय र प्रभावकारी हुनेछ । भिडियो विज्ञापनमा खासगरी यस्ता स्पेसल ईफेक्ट्सहरुको प्रयोग हुने गरेको छ ।
स्मार्ट प्रोडक्सनका सञ्चालक आशिष पौडेलले भिडियो खिचेर विज्ञापन बनाउन भन्दा एनिमेसन प्रयोग गरेर बनाउँदा कम खर्चिलो, बढि प्रभावकारी र छिटो उत्पादन हुने बताएका छन् । भारतको सिलिगुडिमा MAAC (Maya Animation Advanced Cinematics) मा अध्ययन गरेका पौडेलले हलिउड र बलिउडका फिल्महरुमा समेत एनिमेसन र भिजुवल ईफेक्ट्सको कामहरु गरिसकेका छन् ।
पौडेलका अनुसार एनिमेसन झापाको लागि नयाँ प्रयोग हुनेछ । विभिन्न ठूला व्यापारिक संस्थाहरुले पनि विज्ञापन बनाउँदा एनिमेसनको लागि काठमाडौं पठाईरहेको अवस्थामा अब ती काम झापाबाटै गर्नसकिनेछ ।
जनचेतनामूलक कार्यक्रम, कार्टुन तथा शिक्षण, प्रशिक्षणको लागि एनिमेसनको प्रयोग गर्न सकिन्छ । ग्लोबल टच एजुकेसन फाउण्डेसन, एक्सेल डेभलपमेन्ट बैंक, नेप्रोज प्रोपर्टी सोलुसन, बिर्तामोड एजुकेसन फाउण्डेसन लगायत थुप्रै बिजनेस हाउसको लागि विज्ञापन बनाईसकेका पौडेलले स्थानिय सूर्योदय टेलिभिजनका लागि पनि लामो समयदेखि एनिमेसन र मोसन ग्राफिक्सका रुपमा काम गर्दै आएका छन् । हाल सूर्योदय टेलिभिजनको लोगो र एनिमेसन उनले नै डिजाइन गरेका हुन् ।
पौडेलले व्यवसायिक फोटोग्राफी गरिरहेका आर्यन सिटौलासँग मिलेर व्यवसाय सुरु गरेका हुन् । उनले आफ्नो संस्थाबाट विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्यक्रम र समारोह आदिको फोटोग्राफी, भिडियोग्राफीका साथै विज्ञापन उत्पादन, ग्राफिक डिजाईन र प्रिन्टिंग आदिको कामहरु समेत गर्दै आएका छन् ।
Comments