Sajhamanch Archive

भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद

Published: in समाज by .

काठमाडौं । कपिलवस्तुमा टेलरट्रकमा फल्स वटम बनाएर भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद भएको छ । कृष्णनगर नगरपालिका २ लिङ्ग गेटस्थित सीमा इलाकाबाट एपीएफ टोलीले तीन लाख २७ हजार रुपैयाँबराबरको चोरी निकासीको डिजेल बरामद गरेको हो ।

सातवटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा ४२ सय लिटर डिजेल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *