Sajhamanch Archive

कांग्रेसले सातै प्रदेशमा राष्ट्रिय शिक्षा नीतिबारे छलफल गर्ने

Published: in राजनीति by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्नका लागि प्रदेश संयोजक तोकेको छ । कांग्रेसको शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपाल संयोजक रहेको विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गर्न लागेको हो ।

कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको विभागका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा गोकर्ण बानियाँ, प्रदेश २ मा रघुसिंह थारू, वाग्मती प्रदेशमा दीपेन्द्र सिँजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशी संयोजक तोकिएका छन् ।

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा छलफल गरी सुझाव सङ्कलन गरिने पौडेलले बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *