Sajhamanch Archive

कमल गाउँपालिकामा पूर्ण सरसफाई कार्यक्रमलाई प्राथमिकता

Published: in शिक्षा, समाज, स्थानीय तह, by .

कमल । झापाको कमल गाउँपालिकाले पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिएको छ ।

गत वर्षदेखि सरसफाई कार्यक्रम सञ्चालनमा ल्याइए पनि गाउँपालिकाका केही वडामा कार्यक्रम पुग्न सकेको थिएन । सो कार्यलाई निरन्तता दिँदै बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रको साझेदारीमा पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिइएको हो ।

कार्यक्रमा भान्सा घरदेखि शौचालयसम्म पूर्णरुपमा सरसफाई हुनुपर्ने, प्रत्येक नागरिकले खानेपानी प्रणालीबाट वितरण गरिएको शुद्ध पानी प्रयोग गर्नुपर्ने तथा ट्युववेलको पानी प्रयोग गरिरहेका नागरिकलाई फिल्टर गरेको पानी प्रयोग गर्न प्रोत्साहन गर्ने लगायतका विषयमा सहभागीहरुले छलफलमा जोड दिएका थिए ।

गाउँपालिकाले तयार पारेको खानेपानी सरसफाई स्वच्छता योजना (वास)लाई कार्यान्वयनमा ल्याउनका लागि नीतिगत आधारको कमी रहेको निश्कर्ष निकालिएको थियो । सोको कार्यान्वयनका लागि गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश खानेपानी सरसफाई स्वच्छता कस्लटरका संयोजक विनोद शर्माले दिएका छन् ।

विद्यालयको भौतिक अवस्था कमजोर भएका कारण विद्यार्थीको चापअनुसार शौचालय व्यवस्था गर्न सकिएको छैन भने शुद्ध पिउने पानीको अवस्था पनि उस्तै छ । यस्ता कार्यक्रमले विद्यालयमा शौचालय र शुद्ध पिउने पानीको व्यवस्था हुन सक्नेमा आफू विश्वस्त रहेको कमला मदन आश्रित स्मृति माद्यमिक विद्यालयका प्रधानाध्याक हिमप्रसाद दाहालले बताए ।

पूर्ण सरसफाई कार्यक्रमलाई निरन्तरता दिन ओडीएफ घोषणा गरेर मात्र हुँदैन । हिजोभन्दा आज अवस्था सहज भएको छ । बाँकी रहेका वडामा समेत कार्यक्रम सञ्चालन गरिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

बैठकमा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी विभिन्न संघ–सस्थाका कार्यक्रम प्रतिनिधि लगायतको सहभागिता थियो ।

मर्यादित महिनावारी व्यवस्थापन, विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि, खाद्य गुणस्तर कार्यविधि अनुमोदन गरी कार्यान्वयनका लागि गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको कमल गाउँपालिका पूर्ण सरसफाई कार्यक्रम संयोजक ईन्द्र अर्यालले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *