Sajhamanch Archive

ओलीले बोलाए संसदीय दलको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बालुवाटारमा बस्नेछ । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए ।

एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बिहीबार बिहान ११ बजे बैठक बोलाएका हुन् । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *