Sajhamanch Archive

च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

एट्लेटिको मड्रिडलाई २.० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ ।

पहिलो लेग ४–१ ले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनलमा पुगिसकेको छन् ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *