माधव नेपालसहितका नेतालाई कारवाहीको चेतावनी; प्रधानमन्त्री ओली
Published:
by .काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेतालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
आफूले राष्ट्रिय भेला नगर्न आग्रह गर्दागर्दै पनि गरेर पार्टीमा चरम गुटबन्दी गराएको भन्दै उनले प्रक्रियाअनुसार कारवाही गर्ने चेतावनी दिएका हुन् । ओलीका निकट एक नेताले भने, “हामीले कारवाही गर्नैपर्दैन । नियम कानुनअनुसार कारवाही हुन्छ ।” उनले नियम कानुनमा भएको व्यवस्थाअनुसार कारवाही हुने घुमाउरो जवाफ दिएका छन्।
ओलीले आजै ११ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
जनप्रतिनिधिलाई कारवाही गर्न सकिने भए पनि प्रक्रिया भने केही लम्बिदो छ ।
संसदीय दलको ह्विप उल्लंघन गरेमा केन्द्रीय कमिटीको बहुमतले मात्रै जनप्रतिनिधिलाई कारवाही गर्न सकिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।
“राष्ट्रिय भेलामा उपस्थित सबैलाई कारवाही गर्ने भन्ने हुँदैन,” ती नेताले भने, “तर जसले नेतृत्व गरेको छ । जसले बोलाएको छ, उसलाई नियमअनुसार कारवाही हुन्छ ।”
बाह्रखरी
Comments