Sajhamanch Archive

प्याब्सनको प्रदेश १ स्तरीय भेला सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

कमल । कोभिड १९ ले थलिएका संस्थागत विद्यालयको पुनःस्थापनाका लागि प्याब्सनले नीति तथा कार्यक्रम ल्याएर निजी विद्यालयको मनोभावना उच्च बनाउने प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आश्वासन दिएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाजेशन नेपाल प्याब्सनको प्रदेश १ स्तरीय भेलालाई बुधबार सम्बोधन गर्दे केन्द्रीय अध्यक्ष पुरीले भने, केन्द्रले कोभिडका कारण बन्द भएका निजी विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीको मनोभावनालाई सम्बोधन हुने खालको कार्यक्रम ल्याउने तयारी गरेको छ । शिक्षा क्षेत्रमा लगानी गरेका उद्यमी निरास नहुनुहोस् ।’

सरकारसँग कोभिडले पुर्याएको क्षतिका बारेमा केन्द्रीय समितिले पटक पटक कुरा गरिरहेको जनाउँदै उनले परिणाम पोजेटिभ आउनेमा हामी ढुक्क छौंं भनी विश्वास दिलाए । तीन तहकै सरकारसँग कार्यगत एकता गर्दे प्याब्सनले परिणाममुखी कार्यक्रम अघि बढाएर शिक्षा क्षेत्रमा लगानी गरेका उद्यमीको लगानी डुब्न नदिन केन्द्रीय समितिले सरकारसँग छलफल गरिरहेको पुरीले बताए ।

प्याब्सनको केन्द्रदेखि पालिकासम्म रहेका संरचनालाई एउटै पान नम्बरमा गाभिनुपर्ने भेलामा जोड दिइएको थियो । जहाँ कारोबार छ, राज्य पक्षले त्यहीँको अभिलेख राखी सोको प्रतिवेदन केन्द्रलाई बुझाएर कर संकलन गर्न सरकारलाई आग्रह गरिएको छ । यसअघि तीन तहकै प्याब्सनको पान नम्बरबाट अलग अलग काम कार्वाही हुँदै आएको छ ।

भेलामा प्याव्सनको विगत तथा वर्तमानको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । शिक्षाका नीति, ऐन र कार्यक्रमका बारेमा पनि दफाबार छलफल भएको थियो । प्याब्सन प्रदेश १ का का अध्यक्ष युवराज वशिष्ठको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष नारायणप्रसाद घिमिरे, केन्द्रीय सहअध्यक्ष डिके ढुँगाना, महासचिव कुमार घिमिरे, कोषाध्यक्ष सन्तोषमणि न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

झापाको पाडाजुँगीमा भएको भेलामा १ नम्बर प्रदेशका प्याव्सनका महाधिवेसन प्रतिनिधि, नगरका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र १४ जिल्लाका सबै कार्यसमिति सदस्यहरु गरी ३२२ जनाको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *