भारतीय नम्बरप्लेटका यातायातका साधन चलाउन सिफारिस
Published:
by .काठमाडौं । नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बरप्लेटका यातायातका साधन चलाउन दिन सिफारिस गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।
यस्तै, बैठकले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए । नेपाल र भारतका १३ वटा रुटमा पूर्ववत रुपमा यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय केन्द्रले गरेको हो ।
केन्द्रले यात्रीहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टाअगाडिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्थासहित दुई देशबीच यातायात सञ्चालन गर्न सिफारिस गरिएको हो ।
गत वर्ष चैत ११ गतेदेखि कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि नेपालमा लकडाउन गरिएपछि दुई देशबीच यातायात सञ्चालन पनि बन्द गरिएको थियो ।
बाह्रखरी
Comments