Sajhamanch Archive

झापामा तीन दिने महिला उद्यमी कार्यक्रम हुने

Published: in शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोडमा एरिना एभिन्ट्स र भिप्रा एडभरटाइजिङ्गकको संयुक्त्त आयोजनामा महिला सशक्क्तिकरण प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । एरिना एभिन्ट्स र भिप्राको झापामा यो पहिलो कार्यक्रम हो ।

यही चैत्र ९ देखि ११ गतेसम्म होटल सिद्धार्थ ग्राण्ड सिटिमा वुमन इनपावरसिप वर्कसप सञ्चालन हुन लागेको छ । महिलाहरुलाई उद्यमशील बनाउने उद्धेश्यले सो कार्यक्रम गर्न लागेको आयोजक साइमन जङ्ग बस्नेतले बताए ।

लगातार ३ दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा तृष्णा रेग्मी, सुगारिका केसी, दिपेन धिमाल र इलाका प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सहजीकरण गर्ने जनाइएको छ ।

बिर्तामोड नगरपालिका तथा विभिन्न संघ संस्थाहरुको समन्वयनमा हुन लागेको उक्त कार्यक्रममा भाषण कला, उद्यमशीलता, कृषि, व्यवसायिक कानुन, आत्मरक्षा, लगायत अन्य थुप्रै विषयमा प्रशिक्षण दिइने जानकारी भिप्रा एडभरटाइजिङ्गका निर्देशक विमल राजवंशीले दिएका छन् ।

१ सय महिलाहरुलाई लक्षित गरिएको सो कार्यक्रम निःशुल्क रहेको छ भने उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *