Sajhamanch Archive

मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन मन्त्रालयको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र विकास साझेदारबाट अन्र्तराष्ट्रिय सहायता लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो ।

सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायताको प्रकार, सहायता भुक्तानी विधि, सहायता राष्ट्रिय प्रणाली भित्र वा बाहिरबाट परिचालन हुने र सहायता परिचालन विधिको जानकारी सहित मन्त्रिपरिषद्बाट स्वीकृत लिनुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *