नेप्सेलाई लिखित स्पष्टीकरण
Published:
by .काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले बन्ड जारी गर्ने विषय नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुभन्दा अगाडिकै योजना रहेको स्पष्टीकरण दिएको छ । नेप्सेलाई लिखित स्पष्टीकरण दिँदै निफ्राले यस्तो जनाएको हो ।
बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको पनि जनाएको छ । यो विषय पनि बैंकको वार्षिक प्रतिवेदन एवं साधारण सेयरको निष्काशनको लागि तयार गरिएको विवरणपत्रमै रहेको समेत जनाएको छ ।
यसैगरी, लाभांशको सम्बन्धमा पनि बैंकले सेयर जारी गर्ने समयमै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको स्पष्टीकरण नेप्सेलाई दिएको छ ।
नेप्सेले निफ्रालाई बन्ड जारी गर्ने, लाभांश वितरण गर्नेजस्ता विषय सम्बन्धित निकायलाई जानकारी दिनुपूर्व सञ्चारमाध्यममा आएको विषयमा तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
बाह्रखरी
Comments