Sajhamanch Archive

भारतका आठ राज्यमा नियन्त्रणभन्दा बाहिर जाँदै कोरोना

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ । भारतको आठ राज्यमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतका केही ठाउँमा लकडाउनको घोषणा गरिएको छ । भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *