Sajhamanch Archive

बंगलादेशमा मोदी भ्रमणको विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्ने भएपछि यहाँका नागरिकले विरोध जनाएका छन् । राजधानी ढाकामा केही मुस्लिम तथा विद्यार्थीले विरोध र्‍यालीको आयोजना गरेका बीबीसी हिन्दीले जनाएको छ ।

प्रार्थनापछि बैतुल मोकारम मस्जिदबाहिर करिब ५०० मुस्लिमले मार्चपास गरेका थिए भने ढाका विश्वविद्यालयबाहिर करिब २०० विद्यर्थीले प्रदर्शन गरेका थिए । भारत र मोदीविरोधी नारा लगाएका उनीहरु कुनै पनि संगठनमा आबद्ध नरहेको जनाइएको छ ।

विरोध प्रदर्शनपछि बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै प्रदर्शनका विषयमा चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नौ महिनाको हिंसात्मक विद्रोहपछि इस्वी संवत् १९७१ मार्च २६ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसका अवसरमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा मोदीको भ्रमण तय भए पनि त्यसको विरोध भएको हो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *