Sajhamanch Archive

होटेल तथा रेस्टुरेन्टलाई लकडाउन अवधिको विद्युत ‘डिमान्ड शुल्क’ मिनाहा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ बाट अतिप्रभावितको सूचीमा रहेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा छुट दिने निर्णय गरेको छ ।

होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।

२०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको हो ।

होटेल व्यवसायका लागि कोभिडको असर न्यूनिकरणमा सरकारले महत्वपूर्ण निर्णय गरेको उनले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *