पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
Published:
by .काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
लियोनको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै डानिलो पेरेरा र एन्जल डी मारियाले समान एक–एक गोल गरे ।
यता, लियोनका लागि स्लाम सालिमान र म्याक्सवेल कोरेन्टेले एक–एक गोल फर्काए । खेलको १५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई जित दिलाए । ३२ औं मिनेटमा पेरेराले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको ४७ औं मिनेटमा डी मारियाले गोल गर्दै टिमको अग्रता ३–० बनाए । ५२ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को अग्रतासहित जिततर्फ अगाडि बढाए ।
६२ औं मिनेटमा स्लामले गोल गर्दा लियोन ४–१ गोलको अवस्थामा रह्यो । ८१ औं मिनेटमा लियोनका लागि कोरेन्टेले एक गोल गरे पनि पीएसजीले ४–२ गोलको जित निकाल्न सफल भयो ।
जितसँगै पीएसजी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिगमा ३० खेल खेलेको पीएसजीको ६३ अंक छ । समान अंक भएको लिले गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
पराजित लियोन ६० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
बाह्रखरी
Comments