Sajhamanch Archive

एनएमसी बिर्तामोडमा सहकारी शिक्षा कार्यक्रम

Published: in शिक्षा, समाज, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्धेश्य सहकारी संस्था अन्र्तगत बिर्तामोड कार्यालयमा आज सहकारी सदस्य शिक्षा प्रवाह गरीएको छ । बिर्तामोड कार्यालय अन्र्तगत इकाई नः १०, ११ र १२ का सदस्य एवम् गैर सदस्यहरु माझ सहकारी शिक्षा प्रवाह गरीएको हो ।

तालिममा एनएमसीको समग्र परिचयका बारेमा कारोबारका बारेमा अनि सदस्यहरुले पाउने सुविधाका बारेमा कार्यालय प्रमुख विकास मैनालीले सहजीकरण गरेका थिए । यसैगरी संस्थाको नारा असल संस्कार र समृद्धिका लागि एनएमसी थीम मा आधारित रहेर संस्थाका उपाध्यक्ष भगवती घिमिरे मैनालीले सहजीकरण गरेकी छिन् ।

तालिममा सहभागीहरुलाई कार्यालयगत उपसमिति सदस्य गोपाल काफ्लेले शाब्दिक स्वागत गर्दै सदस्य शिक्षा तालिमको औचित्य प्रष्ट पारेका थिए । तालिममा ६० जनाभन्दा बढी सदस्य एवम् गैर सदस्यको सहभागीता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *