प्रधानमन्त्री ओली र कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली–विप्लव भेटवार्तामा बन्दी रिहाइ लगायतका माग पूरा गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
दिउँसो १ बजे भएको भेटवार्तामा विप्लवले बन्दी रिहाइकै विषयमा चासो राखेको बजगाईंको भनाइ छ । “दिउँसो १ बजे भेटवार्ता भएको हो,” बजगाईंले भने, “मुद्दा नलागेका बन्दीहरू रिहा भइसकेका छन् । मुद्दा लागेकाहरूको अदालती प्रक्रिया हुन्छ, ती प्रक्रिया पूरा गर्नुपर्यो । प्रधानमन्त्रीले सहमतिअनुसार नै प्रक्रिया पुर्याएर बन्दी रिहा हुने जानकारी दिएका छन् । ” उनले भने ।
सरकारसँग गएको फागुन २० गते सहमति भएर त्यसको भोलिपल्ट विप्लव प्रधानमन्त्री ओलीसँगै सार्वजनिक मञ्चमा देखिएका थिए । सरकारसँग प्रतिबन्ध फुकुवा, बन्दीहरूको रिहा, मुद्दा फिर्ता लगायतको सहमति भएपछि विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् ।
बाह्रखरी
Comments