Sajhamanch Archive

आज विश्व मौसम दिवस मनाइँदै

Published: in विश्व समाचार, समाज by .

काठमाडौं । ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ ।

मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् ।

जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको छ ।

जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर पर्न थालेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताइन् । पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको उनले बताएकी छिन् ।

उनकाअनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ । यसैबीच, मौसमविद्ले् अहिले प्रि-मनसुनको समय भएकाले यो सिजनमा हुनसक्ने प्राकृतिक विपदबाट जोगिन व्यक्ति आफैँलाई सचेत हुन सुझाव दिएका छन् ।

प्रि(मनसुनमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहितको वर्षा हुने गर्दछ । चट्याङ्ग लागेर ज्यान जाने खतरा धेरै भएकाले चट्याङ पर्ने दिउँसोपछिको समयमा सकेसम्म खेतबारीमा काम नगर्न उनीहरुको सुझाव छ ।

आज पनि पहाडी केही क्षेत्रमा दिउँसोपछि चट्याङ्ग पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउए ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *