Sajhamanch Archive

२०७८ सालको विदा सूची सरकारद्वारा सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाण्डौ । आगामी वर्ष २०७८ सालको विदाको सूची सरकारले सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व विदाको रुपमा सात दिन विदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत विदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमासमेत विदा दिने निर्णय भएको हो । यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन विदा दिने निर्णय भएको छ ।

किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक विदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसारलगायत विभिन्न ल्होसार पर्वमा पनि विदा हुने भएको छ ।

यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ विदा पाँच दिन, तिहार विदा चार दिन, दिवस विदा ६ दिन र जन्मजयन्ती विदा तीन दिन हुने भएको छ ।

राजपत्रमा प्रकाशित विदाको सूचना :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *