Sajhamanch Archive

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन, खनाल–नेपाल समूहको सर्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूह प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने निष्कर्षमा पुगेको छ ।

तत्कालीन नेकपा हुँदा अविश्वासको प्रस्ताव राखिएको थियो । एमालेलाई एकताबद्ध बनाउन प्रस्ताव फिर्ता लिनुपर्ने निष्कर्षमा आफूहरु पुगेको वाग्मती प्रदेशसभा सदस्य रचना खड्काले जानकारी दिइन् । प्रदेश–१ र वाग्मतीका सांसदहरुको बैठकले यस्तो निष्कर्ष निकालेको उनले बताइन् ।

“नेकपा हुँदा राखेको अविश्वासको प्रस्ताव हो । अदालतको फैसलाले नयाँ परिस्थिति सिर्जना भएको सन्दर्भमा त्यो प्रस्तावलाई यही रुपमा बढाउन सकिन्न भन्ने साझा निष्कर्ष हो,” उनले भनिन् ।

त्यसको लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको फागुन २८ गतेको निर्णय खारेज हुनुपर्ने खनाल–नेपाल समूहको सर्त छ ।

“अविश्वासको प्रस्ताव फिर्ता लिएर मात्रै पार्टी एकताबद्ध हुँदैन । अविश्वासको प्रस्ताव फिर्ता लिएसँगै फागुन २८ बसेको भनिएको बैठक र त्यसका निर्णय खारेज गर्ने हो भने ढोका खुल्छ । अविश्वासको प्रस्ताव बाधक हुँदैन भन्ने कुरा हो,” उनले भनिन् ।

नेकपा विवाद उत्कर्षमा पुग्दा तत्कालीन प्रचण्ड–नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

आज बसेको नेकपा एमाले प्रदेश–१ संसदीय दलको बैठकले सांसदहरुलाई अविश्वासको प्रस्ताव फिर्ता सात दिनको समय तोकेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *