Sajhamanch Archive

कीर्गिस्तानको यू–२३ टिमसँग नेपालको बराबरी

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय फुटबलमा कीर्गिस्तानको यू–२३ टोलीसँग गोल रहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित कीर्गिस्तानसँग बराबरी खेलेको हो ।

घरेलु मैदानमा नै नेपाल कीर्गिस्तानको युवा टोलीसँग निरिह बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने धेरै अवसरहरु गुमाउन पुगेको थियो । नेपालका सुजल श्रेष्ठ र भरत खवासले दुई उत्कृष्ट प्रहारहरु मिस गरे ।

खेलको ३२ औं मिनेटमा रन्जित धिमालले हानेको बलमा रोहित चन्दले हेड गर्दा गोलमा भने परिणत हुन सकेन । ३४ औं मिनेटमा रवि पासवानले दिएको बल अन्जन विष्टले डि एरियाबाट हान्दा पोल बाहिर लागेर गएको थियो ।

४० औं मिनेटमा रवि शंकर पासवानले कर्नरबाट हानेको बल नेपालका डिफेन्डर अनन्त तामाङले हेड गर्दा बल आउट हुन पुगेको थियो । ६१ औं मिनेटमा रन्जित धिमालले हानेको प्रिकिक रोहितले हेड बल गोलमा परिणत हुन भने सकेन ।

खेलको ६७औं मिनेटमा कीर्गिस्तान १० खेलाडीमा सीमित भएको थियो । कीर्गिस्तानका तेसिफ कमोल्दिन दोरोहो पहेलो कार्ड सहित रातोकार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

आजको खेलमा बराबरी खेलेसँगै नेपालले अब फाइनल प्रवेशका लागि बंगलादेशसँगको खेलको नतिजा कुर्नु पर्ने भएको छ । यता कीर्गिस्तान पनि उत्त खेलको नतिजा पर्खि रहेको छ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

 

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *