Sajhamanch Archive

फक्ताङलुङ फाउण्डेशनका विद्यार्थीहरुको फोहोरलाई मोहरमा परिणत गर्न सकिने सन्देश

Published: in शिक्षा, समाज by .

झापा । ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने आई एस ए अवार्डमा सहभागि जनाउने कन्काई नगरपालिकास्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका ९ र १० कक्षा विद्यार्थीहरुले आकर्षक साम्रगीहरु प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले खेर गएका वस्तु जस्तै प्लास्टिकको बोतल ,कार्टुन ,कपडा आदिबाट विभिन्न आकर्षक सजावटका सामग्रीहरु निर्माण गरि प्रर्दशन गरेका थिए।

उक्त क्रममा विद्यार्थीहरुले विभिन्न स्थानहरुको स्थलगत निरिक्षनसमेत गरि फोहोरलाई मोहरमा परिणत गर्न सकिने सन्देशका साथ पाकिस्थानस्थित गोभरमेन्ट हाई स्कुलका विद्यार्थीहरुसँग आ आफ्ना कला र ज्ञान आदानसमेत प्रदान गरेका छन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *