Sajhamanch Archive

खोप दान सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by .

लन्डन । अन्तर्राष्ट्रिय दातृनिकायहरुले बेलायतले दान गर्ने भनिएको खोपको संख्या यकिन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग आग्रह गरेका छन् । सेभ द चिल्ड्रेन र वेलकम ट्रस्ट नामक दुई दातृसंस्थाले कोभ्याक्समार्फत खोप दिने कार्य शीघ्र सुरु गर्न जोनसनसँग आग्रह गरेका हुन् ।

प्रधानमन्त्री जोनसनले बेलायतमा लगाएर बाँकी रहने खोपको ठूलो हिस्सा गरिब राष्ट्रहरुमा बाँड्ने घोषणा गरेका थिए ।

“हामीले आफ्नो बोर्डरभन्दा परको विषयमा पनि सोच्नुपर्ने बेला आएको छ,” वेलकम ट्रस्टका वैज्ञानिक सर जेरेमी फरारले भने, “एउटा मात्र देशमा संक्रमण भए पनि बाँकी विश्व सुरक्षित रहँदैन ।”

बेलायतले करिब ४० करोड खोप खरिद गर्ने तयारी गरेको छ । हालसम्म बेलायतमा दुई करोड ९० लाख वयस्कले खोप लगाइसकेका छन् ।

कोभ्याक्स कार्यक्रममार्फत अफगानिस्तान, हाइटी, कंगो, इथियोपिया र सोमालियालगायतका सबैभन्दा कम आय भएका देशले खोप पाउनेछन् । बेलायतले खोप लगाएपछि १० करोडभन्दा बढी खोप बाँकी रहने दातृसंस्थाले जनाएका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *