Sajhamanch Archive

इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं । इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला भारतले जितेको छ । घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो।

भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी छँदै सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्डेय र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । इङ्ग्ल्याण्डले यसअघि भएको टेष्ट र ट्वान्टी/ट्वान्टी श्रृङ्खला पनि हारेको थियो ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *