Sajhamanch Archive

नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोलले हराएको हो ।

नेपालका लागि खेलको १८औँ मिनेटमा सन्जोक राईले र ४२औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो ।

बङ्गलादेशले खेलको ८३औँ मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *