Sajhamanch Archive

संघीय सरकारको निर्णय विपरित विद्यालय संचालन हुने

Published: in शिक्षा, समाज by .

झापा । देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकाशं विद्यालय संचालन हुने भएका छन् ।

निजि क्षेत्रबाट संचालित संस्थागत बिद्यालयका छाता संगठन प्याव्सन र एन प्याव्सनले आफ्ना मातहतका स्कुल संचालन गर्न निर्देशन दिएका छन् । विद्यालय बन्द गर्ने काम गलत भएको भन्दै तीव्र विरोध समेत भएको छ । लामो समय थलिएको शिक्षा क्षेत्रमा मात्र सरकारको ध्यान गएको देखिन्छ , प्रदुषण फैलाउने काम बालबालिकाले नभएर उद्योग ,यातायातले हो यता कुनै प्रभाव नपर्ने अनि विद्यालयलाई मात्र निशाना बनाउनु नहुने भन्दै सामाजिक संजालमा सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् ।

सामुदायिक विद्यालयले भने स्थानीय सरकारको कुनै निर्णय आएको छैन, विद्यालय बन्द हुदैन, आफै निर्णय गरेर परिस्थिति अनुसार काम गर्ने विद्यालयहरुले बताएका छन् । यस्तै नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ । हचुवाका भरमा सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भन्दै अभिभावक महासंघले आपत्ति प्रकट गरेको हो ।

काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा वायु प्रदूषण बढेको भन्दै सरकारले आज चार दिनका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय असुहाउँदो भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *