Sajhamanch Archive

काठमाडौं – इस्लामावाद सिधा हवाइ उडानको प्रस्ताव

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् ।

पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको बीचमा सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक सम्बन्धले पनि फड्को मार्ने बताए ।

काठमाडौं–इस्लामावाद हवाइ उडानको लागि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले पहल गर्नुपर्ने अधिकारीको भनाई थियो । साथै उनले दुई देशको बीचमा व्‍यापार र पर्यटनको पनि प्रचुर सम्भावना बन्दै गएकाले त्यसका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा कार्यभार सम्हालेदेखि नै राजदूत अधिकारीले दुई देशको बीचमा सिधा उडानको प्रस्ताव गरिरहेका छन् ।

उनले पाकिस्तानका विभिन्‍न मन्त्री र उच्च अधिकारीहरुसँगको भेटमा समेत उक्त प्रस्ताव गर्दै आएका छन् । काठमाडौं र इस्लामावादको बीचमा सिधा उडान नहुँदा पाकिस्तान जान लामो रुट र ट्रान्जिटमा बस्नुपर्ने बाध्यता छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *