Sajhamanch Archive

घर भाडामा लिएर वेश्यावृत्ति गराउने दुईजना दमकमा पक्राउ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

दमक । दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जीमण्डीस्थित एउटा घर भाडामा लिएर वेश्यावृत्ति गराउने दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले दिएको जानकारी अनुसार वेश्यावृत्ति गराउने दुई महिलालाई पक्राउ गरिएको र आठजना युवतीको उद्धार गरिएको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र इलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बुलाई वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरिएको प्रनाउ थापाले जनाएका छन् ।

घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताएका छन् । इलाका प्रहरी कार्यालय दमकले सो भाडाको घर खानतलासी गरी १७ देखि ३९ वर्ष उमेर समूहका आठजना महिला तथा युवतीहरुलाई उद्धारसमेत गरेको थापाले बताए ।

उद्धार गरिएका युवती तथा महिलाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *