Sajhamanch Archive

विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनी जियाङसु जोङदोङ न्यू इनर्जीलाई ठेक्का दिएको छ । ठेक्का प्रक्रियामा सहभागी १३ वटा कम्पनीमध्ये प्राविधिक र आर्थिक प्रस्तावको आधारमा जियाङसु छानिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले ठेक्का सम्झौताको लागि कम्पनीलाई पत्राचार गरिएको बताए । उनका अनुसार ठेक्का सम्झौता भएपछि एक वर्षभित्र कम्पनीले ५० वटा चार्जिङ स्टेसन बनाउनुपर्नेछ ।

५० वटा चार्जिङ स्टेसन काठमाडौं उपत्यका र महेन्द्र राजमार्गमा राखिने उनले बताए । “अहिले नै ठाउँ तोकिएको छैन । महेन्द्र राजमार्गसहित काठमाडौं उपत्यकामा राखिनेछ,” उनले भने ।

करिब ३५ करोड लागतमा चार्जिङ स्टेसन राख्न लागिएको उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *