Sajhamanch Archive

मेचीनगरको सरस्वती प्राविमा बिर्तामोडका रोटरियनको खानेपानी

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by .

झापा । झापाको मेचीनगरपालिका ७ ईंटाभट्टा नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले खानेपानीको धारा जडान गरिदिएको छ । विद्यार्थीका लागि शुद्ध पिउने पानीका लागि ‘ड्रिङ्किङ वाटर हेण्डवास प्रोजेक्ट’ अन्तरगत फिल्टरसहितको खानेपानीको धारा जडान गरिएको हो ।

रोटरी क्लव ३२९२ का एसिस्टेन्ट गभर्नर सपना रिजालको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित कार्यक्रमकाबीच दुई लाख ५० हजार रुपैयाँको लागतमा फिल्टरसहितको धारा जडान गरिएको हो । सो कार्यमा एक्सल डेभलपमेन्ट बैंकले समेत एक लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर ७ का वडाध्यक्ष चन्दन मेचे, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, विद्यालयका सञ्चालक समिति अध्यक्ष हिरामोहन राजवंशी, प्रधानाध्यापक फूलमाया बुढाथोकी लगायतले आफ्ना धारणा राखेका थिए ।

फिल्टर प्लान्टका विषयमा सुरेश वंशलले जानकारी गराएको कार्यक्रममा राजकुमार पोखरेलले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्जीव घिमिरेले गरेका थिए ।

सामाजिक कार्यक्रममा रोटरी क्लवले यसअघि बाह्रघरेस्थित एक विद्यालयमा आर ओ वाटर फिल्टर, बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीमा डिस इन्फेक्टिभ स्प्रे मेसिन, बिर्तामोडमा मास्क वितरण, मेची प्रादेशिक अस्पतालमा पीसीआर मेसीन, महेन्द्ररत्न माध्यमिक विद्यालयमा अपाङ्ग छात्रामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *