Sajhamanch Archive

माओवादी केन्द्रको स्थायी कमिटी बिहीबार बस्ने

Published: in राजनीति, by .

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको अन्तिम निष्कर्षमा पुगेको छ । गत शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समर्थनको संकेत दिएका थिए । नागरिक प्रश्नहरूको घेराबन्दीमा परेका प्रचण्डले छिट्टै समर्थन फिर्ता गर्ने बताउँदै उम्किएका थिए ।

माओवादी केन्द्रले त्यसको तयारी गरेको बताइएको छ । त्यसका लागि पार्टीले बिहीबार बिहान स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । समयको भने टुङ्गो लागि नसकेको उनले बताए ।

“स्थायी कमिटी बैठक भोलि बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ,” उनले भने ।

देव गुरुरूङले पनि आज संसद्मा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनको जिकिर थियो ।

राजनीतिकरूपमा सरकारबाट अलग्गिइसकेको माओवादी केन्द्र कानुनीरूपले मात्रै सरकार, सत्तापक्षमा छ । भोलि समर्थन फिर्ता लिएर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *