Sajhamanch Archive

भारतमा भेटिएका सात बालिका र किशोरीलाई आजै राति नेपाल ल्याइने

Published: in मिडियाबाट साभार, समाज, by .

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार आजै राति नेपाल ल्याइने भएको छ ।

हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी र अभिभावक भारतको सितामढी गएका छन् । बालिका र किशोरीलाई बिहीवार भोलि परिवारको जिम्मा लगाइने भङ्गाहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिए ।

मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी हराएका थिए । उनीहरू भागेका हुन् या कसैले भगाएको हो भन्नेबारे खुलेको छैन ।

मङ्गलवार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *