Sajhamanch Archive

फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by .

काठमाण्डौ । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका छन् ।

एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका छन् ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उनले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताए ।

उनले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताएका छन् । फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्यान गएको छ ।

विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *