Sajhamanch Archive

आज माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने उनले बताए ।

बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसद्मा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनले बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *