Sajhamanch Archive

प्रि–ओपन सेसनमा २६ अंकले बढ्यो नेप्से

Published: in अर्थतन्त्र, by .

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नै सेयर बजार परिसूचक नेप्से एक प्रतिशतभन्दा माथिले बढेको छ ।

बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै २६.४८ अंकले वृद्धि भएर २६४५.५० अंकमा पुगेको छ ।

प्रि–ओपन सेसनमा सेसनमा ६७ कम्पनीको २२ हजार ४०८ कित्ता सेयर किनबेच हुँदा एक करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँको कारोबार भएको छ । प्रि–ओपनमा ५५ कम्पनीको सेयर मूल्य बढ्दा पाँच कम्पनीको घटेको छ भने सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *