Sajhamanch Archive

मोरङको मधुमल्लामा कर्णाली साकोसको परिचयात्मक कार्यक्रम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

मधुमल्ला । झापामा दर्ता भएर सञ्चालित सहकारी संस्थाहरु क्रमशः अन्तरजिल्ला सेवा बिस्तार गर्ने क्रमले निरन्तरता पाएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ६ वटा जिल्लाबाट बिस्तार गरी ९ जिल्ला पुर्याएको छ । एनएमसीले झापा पछि इलाम र मोरङका सबै पालिकामा सेवा केन्द्र बिस्तार गर्ने स्वीकृति पाइसकेको छ । यस्तै सिम्रिक साकोसले पनि मोरङ र इलामका केही पालिकामा सेवा केन्द्र बिस्तारलाई निरन्तरता दिएको छ ।

बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पनि सेवा बिस्तार गर्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका ९ स्थित मधुमल्लामा आज संस्था परिचयात्मक कार्यक्रम गरेको छ । सहकारीको मिक्लाजुङ सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा सहकारीले सदस्यहरुलाई दिने सेवा सुविधाको बारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा संस्थाको नीति–नियम, सेवा सुविधासहित विषेश उपचार कोषको बारेमा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र सचिव भुपाल बस्नेतले सहजीकरण गरेका थिए । सो क्रममा सहकारीको विषेश उपचार कोषमा आवद्ध सदस्यहरुलाई कुनै पनि बिरामी भएमा संस्थाले १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने साथै ऋणिको मृत्यु भएमा कर्जा रकम मिनाहासम्मका सुविधा रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा मिक्लाजुङ ब्यापार संघका अध्यक्ष महाविर पौडेल, संघका पूर्व अध्यक्ष सेमन्तराज दाहाल लगायतले कर्णाली सहकारीले सदस्यहरुलाई दिने सेवा सुविधाहरुका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा स्थानीय सामाजिक अगुवादेखि ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *