Sajhamanch Archive

प्रदेश १ मा नेपाल पत्रकार महासंघको अध्यक्ष बन्न तीन जनाको उम्मेदवारी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ का पत्रकारहरूले मनोनयन पत्र दर्ता गराएका छन् ।

प्रदेश १ को अध्यक्ष बन्नका लागि अग्रज पत्रकार झापाका मोहनकाजी न्यौपानेसहित तीन जनाले उम्मेदवारी दिएका छन् । मोहनकाजीको प्रतिष्पर्धाीका रुपमा लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीको पनि उम्मेवारी परेको हो ।

प्रदेश समितिको उपाध्यक्ष (खुला)तर्फ अर्जुन जम्मेली, रोहितकुमार राई र लवदेव ढुङ्गानाको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिला कोटातर्फ कोकिला ढकाल र हिमकुमारी चेम्जोङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, महासचिव पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् । वर्तमान महासचिव विवेक गौतमले सो पदमा पुनः उम्मेदवारी दिएका छन् भने उनको प्रतिद्वन्दी बनेर श्री शिशा राई (श्रीप्रसाद), बन्धु पोखरेल, फिफाराज बेगा लिम्बूले मनोनयन गरेका छन् ।

प्रदेश महासंघको सचिव (खुला)तर्फ अविजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूको उम्मेदवारी परेको छ । समावेशीतर्फको सचिव पदका लागि सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा गणेश साम्पाङ, विमल लामिछाने (बुद्धि) र सन्तोष रुचाल रहेका छन् ।

खुलातर्फका पाँच सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । तीन महिला सदस्यका लागि सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

एक दलित सदस्य पदका लागि दुई जना र आदिवासी–जनजातिका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *