Sajhamanch Archive

रिलिज अगावै चर्चा बटुलेको  ‘छामेला गोइलो’ बजारमा

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by .

काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट सो गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने चाँद सिङले संगीत संयोजन गरेका हुन् । गीतमा उनै चर्चित गायक एंव संगीतकार विशाल काल्तन र गायिका सुमिनाको आवाज रहेको छ ।

म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान, रमेश लामा, विना लोप्चन, कुइसाङ रुम्बा र पदम दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, साथै त्रिलोक लामाले छायांकन गरेका छन् भने, सुर्य लामाले कलर गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *