Sajhamanch Archive

गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ गीत बले इन्टरटेन्मेण्टबाट सार्वजानिक

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by .

काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । सो गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरिएको हो ।

वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज पनि रहेको छ । चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् ।

गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ ।’ गायिका खडकाले भनिन ।

म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन् । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन् । उक्त म्युजिक भिडियोमा हरिश निरौला “साङ्लो बोरो”,उशा उप्रेती, कमलमनि नेपाल, युग्ज्योती कृयाशिल, बिना राउत, प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *