Sajhamanch Archive

राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरिन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *