Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *