नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को शिलबन्दी कोटेशन आव्हान
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर ६, काँकरभिट्टा, झापाको
शिलबन्दी कोटेसन आह्वान
प्रथमपटक प्रकाशित मितिः २०७७ । १२ । २३
सुरक्षा प्रयोजनका लागि प्रयोग गरिने Metal Detector आवश्यकता भएको हुँदा बिक्री गर्न इच्छुक फर्म वा कम्पनीबाट तपशीलका बुँदाहरुका आधारमा रही शिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
१. न्यूनतम् आवश्क संख्याः ३० थान
२. तोकिएको संख्या संस्थाले आवश्यकता अनुसार खरिद गर्दै जानेछ ।
३. कोटेसन पेश गर्दा बिक्रेता फर्म अनिवार्यरूपमा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्नेछ ।
४. कोटेसनमा प्रस्ताव गरेको सामग्रीको ब्रान्ड, विशेषता, वारेन्टी, उपलब्ध गराउने समय अनिवार्य खुलाउनु पर्नेछ ।
५. एकभन्दा बढी मोडलका सामग्री प्रस्ताव गर्नुपर्ने भएमा प्रत्येक सामग्रीको छुट्टाछुट्टै विवरण खुलाउनु पर्नेछ ।
६. सामग्री संस्थाको बिर्तामोड कार्यालयमा ढुवानी गर्नुपर्नेछ ।
७. सिलबन्दी कोटेसन संस्थाको प्रधान कार्यालय, काँकरभिट्टा वा बिर्तामोड कार्यालयमा बुझाउनु पर्नेछ । झापा जिल्ला बाहिरका बिक्रेताले कोटेसन पेस गर्दा संस्थाको आधिकारिक इमेल ठेगाना corporatenmc@gmail मा पनि पठाउन सकिनेछ ।
८. कोटेसन पेश गर्ने अन्तिम मितिः २०७७ चैत ३१ गते मंगलबार कार्यालय समयसम्म ।
९. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकारी संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९४१८
कर्पाेरेट कार्यालय
Comments