Sajhamanch Archive

जसपाले शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव लैजाने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्ययन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजान प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी जसपाको निर्णय कुरिरहेका छन् ।

जसपाको अहिले संसदीय दलको बैठक बसिरहेको छ । जसपा संसदीय दल बैठकको निर्णयपछि अविश्वासको प्रस्तावबारे टुंगोमा पुगिने माओवादीका प्रमुख सचेतक तुलाधर घर्तीले जानकारी दिए ।

“अविश्वासको प्रस्ताव लैजाने विषयमा दलहरुबीच कुरा भइरहेको हो । अहिले प्रस्ताव लैजाने, न लैजाने टुंगोमा पुगिसकिएको छैन । जसपाको संसदीय दलको बैठक बसिरहेको छ । जसपाको निर्णयपछि टुंगोमा पुग्छौँ,” उनले भने ।

जसपाका केही सांसदहरु अविश्वासको प्रस्तावको विपक्षमा उभिएपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना न्यून रहेको बताइएको छ ।

सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटेको थियो । तर, जसपामा विवाद देखिएपछि निर्णयमा पुग्न दलको बैठक बसेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *