Sajhamanch Archive

खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा गर्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ ।

मंगलबार वाग्मती प्रदेश कमिटी विस्तारसँगै जिल्ला अध्यक्ष र इन्चार्जहरू तय गरेको खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै छ ।

सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल बन्नेछन् । पार्टी एकतापूर्व एमालेले पदाधिकारीहरूमध्येबाट प्रदेश संयोजक तय गरेको थियो । त्यति बेला सुदूरपश्चिम प्रदेश संयोजक रावल र सहसंयोजक कर्ण थापा थिए ।

आज रावलको नेतृत्वमा प्रदेश कमिटी र आठवटै जिल्लाका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज टुंगो लगाइने नेता झपट रावलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *