Sajhamanch Archive

बिर्तामोडमा चिनियाँहरुको आर्थिक सक्रियता बढ्दै

Published: in समाज by .

बिर्तामोड । विगत केही समयदेखि चिनियाँहरु पुर्वि नेपालको बजारमा आकर्षित बन्दै गएका छन् । यहाँको व्यापार उद्योगमा लगानी गर्ने, नयाँ ब्रान्च खोल्ने तथा फ्रेन्चाईजीहरु बेच्‍ने काममा उनीहरु सकृय हुनथालेका छन् । खासगरी चिनियाँ प्रविधि नेपालमा भित्र्याउने र सुरक्षा संयन्त्र, कम्प्युटर टेक्नोलोजी तथा ईलेक्ट्रोनिक्स प्रविधिमा नेपाललाई आधुनिकरण गर्दैजाने उनीहरुको ध्येय छ।

यसै सन्दर्भमा Dahua cc camera को आधिकारिक विक्रेता वर्ल्ड ईलेक्ट्रोनिक्समा चिनियाँहरु आगमन गरेर पुर्वी नेपालमा प्रविधिको स्तर, प्रयोग र संभावनाको चर्चा गरेका छन् । सिसि क्यामेराको उत्पादन र बिक्री गर्ने अगुवा कम्पनि दाहुवाले विश्‍वभरिमै आफ्नो दबदबा कायम गर्दै आएको र नेपालमा पनि यसको लोकप्रियता बढ्दै जानेमा विश्वस्त भएको दक्षिण एसियाका जेनेरल म्यानेजर अल्भिन लिउले बताए ।

कम्पनिका कन्ट्री सेल्स मेनेजर माओ सान्काईले अहिलेको आधुनिक समयमा सिसि क्यामेरा घर, पसल, अफिस, सडक, सपिन कम्प्लेक्स हरेक ठाउँमा आवश्यक हुँदै गएको बताए । । यसले अपराध न्युनिकरण गर्न र सुरक्षाको प्रत्याभुति गर्न महत्वपुर्ण भुमिका खेल्ने बारे स्पस्ट पारे ।

चिनियाँ टोलिसँगै आएका सेल्स ईन्जिनियर अजयराज आर्याल भन्छन्, दाहुवा सिसि क्यामेराको जगतमा अग्रणि त छदैछ, यसबाहेक पनि यसले मनिटर, हार्डडिक्स, एस डि डि, नेटवर्किन केवल पनि आफैले उत्पादन गर्दै आएको छ ।

वर्ल्ड ईलेक्ट्रोनिक्सका सन्चालक प्रकाश गौतमले दाहुवा कम्पनिको सिसि क्यामेरा अरुभन्दा सस्तो, प्रयोग र जडान गर्न सजिलो र भरपर्दो भएको बताए । गौतमले सिसि क्यामेरा बाहेक लामो समयदेखि कम्प्युटरका पार्ट्सहरु, ल्यापटप, मोबाईल तथा अन्य ईलेक्ट्रोनिक्सका सामानहरुको बिक्रि वितरण तथा सर्भिसनको काम गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *